Rule 144B
कर्मचारी नियुक्ति गर्ने सम्बन्धी कार्यविधि
(१) नियम १४४क. बमोजिम प्राप्त अनुदान र विद्यालयको आन्तरिक स्रोत समेतलाई विचार गरी व्यवस्थापन समितिले उपनियम (२) बमोजिमको कार्यविधिको अधीनमा रही विद्यालय कर्मचारी नियुक्ति गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको कार्यविधि विद्यालयले सेवा शर्त सम्बन्धी प्रचलित कानूनको अधीनमा रही बनाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम बनाएको कार्यविधि विद्यालयले जिल्ला शिक्षा अधिकारी समक्ष पेश गर्नु पर्नेछ र सो कार्यविधि जिल्ला शिक्षा कार्यालयको अभिलेखमा दर्ता भएपछि कार्यान्वयन हुनेछ ।
(४) विद्यालयले कुनै कर्मचारी नियुक्त नगरी त्यस्तो कर्मचारीले गर्ने कार्य विद्यालयको कुनै शिक्षकद्वारा गराउन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम काममा लगाइएको शिक्षकलाई व्यवस्थापन समितिले तोके बमोजिमको भत्ता दिइनेछ ।